सिटिजन्स इन्टरनेसनल बैंकले वार्षिकोत्सव अवसरमा विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले वैशाख ७ को १७औं वार्षिकोत्सवलाई लक्षित गरी १ देखि वैशाख ३१ सम्म लागू हुने गरी विभिन्न सेवा–सुविधामा भारी छुट, क्यासब्याक लगायतका योजना सार्वजनिक गरेको हो।
योजनाअन्तर्गत डेबिट(क्रेडिट कार्डवाहकले पस मेसिन र अनलाइनमार्फत १००० वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ। यसैगरी सिटिजन्स स्मार्टमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले पनि ५०० वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० क्यास ब्याक दिइने बैंकले जनाएको छ।
डिजिटल भुक्तानीको अर्को माध्यम ई–कम कार्ड प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा ई–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ।
त्यसैगरी बैंकले योजना अवधिभर ग्राहकका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ। बैंकका निस्क्रिय मोबाइल बैंकिङ ग्राहकलाई योजना अवधिभर सेवा सकिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट दिइने बैंकले जनाएको छ ।





