सर्वसाधारणको ७० करोड रुपैयाँ ठगी गरेको अरोपमा पक्राउ गरेको सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धान गर्न पाँच दिनको समय अदालतले दिएको छ।
सिभिल सहकारीमा आबद्ध १३७ जनाको ७० करोड भन्दा बढी रुपैयाँ ठगी गरेको भन्दै सिआइबीमा उजुरी परेपछि सोमबार पक्राउ गरेको थियो।
उनलाई पक्राउ गरेपछि उजुरी दिनेको संख्या १५७ पुगेको र ठगी गरेको रकम ७७ करोड पुगेको ब्युरोका प्रमुख धिरजप्रताप सिंहले देश सञ्चारलाई जानकारी दिए।
पक्राउ पर्नेमा सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठसहित विजयविक्रम शाह, एलिना तुलाधर, दुतराज तामाङ, कैसप चेतन ढुंगाना, भगवानबहादुर सिंह, संगीत श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछाने छन्।
बुधबार अनुसन्धानका लागि पाँच दिन म्याद थपिएसँगै पक्राउ परेकाहरु दसैँपछिसम्मै थुनामा रहने भएका छन्।





