बैतडी, माघ २१ गते । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यातायात, बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ । बैतडीको खोड्पे, अनारखोली, सतबाँझ, ग्वाल्लेक, श्रीभवरलगायतका ठाउँमा चार फिट बाक्लो हिमपात भएको छ ।

बिहीबार साँझदेखि परेको हिमपातका कारण तराईबाट पहाडी जिल्लाका लागि छुटेका सवारी साधन डोटीको गैरा, डडेल्धुराको भतकाँडा, बैतडीको अनारखोली र खोड्पेमा रोकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।






