प्रवीण जाेशी
भक्तपुर /सूर्यविनायक नगरपालिका ४ मा आयाेजित एक समाराेहबीच स्थानीय श्री पञ्चमी मानन्धर गुठी गाम्चालाई न.पा. द्वारा साँस्कृतिक बाजा हस्तान्तरण गरेकाे छ। कार्यक्रमका प्रमुख अतिथि एवं उपप्रमुख सरीता तिमिल्सिना भट्टराईले
गुठीका अध्यक्ष बुध्दिलाल मानन्धर र सदस्यहरुलाई एक जाेडी धिमे , झ्याम्टा
र झ्याली हस्तान्तरण गरिन्। उक्त अवसरमा उनले कला संस्कृतिकाे प्रवर्द्धनमा सूर्यविनायक नपाले सहयाेग पुय्राउदै आएकाे भन्दै भविश्यमा पनि निरन्तरता दिने आश्वासन दिए। स्थानीय रेन्बाे स्कुल हलमा भएकाे कार्यक्रममा ४ का वडाध्यक्ष लक्षुराम न्यौपानेले चरखण्डी परिसरमा भैरहेकाे संरक्षण र विकासका गतिविधिमाथि जानकारी दिंदै गुठीकाे भवनकाे कुरा उठेकाेले साेकाे लागि आवश्यक जग्गा ब्यबस्था भएमा नपाबाट सहयाेगी हुनसक्ने प्रतिबध्दता ब्यक्त गरे । कार्यक्रममा गुठीका सदस्य रत्नकाजी मानन्धर, दधिकाेट खानेपानी समितिका अध्यक्ष कृष्णहरि खड्का र श्री मानन्धर जात्रा गुठीका अध्यक्ष गाेपी मानन्धरलगायत वक्ताहरुले आउंदाे दशैं तिहार र छठकाे शुभकामनासहित सम्बाेधन गरे ।समाराेहमा युवा कलाकारहरुकाे बासुरी बाजाकाे प्रस्तुतिबाट वातावरण मनमाेहक बनेकाे थियाे ।

मंगलबार सम्पन्न उक्त कार्यक्रममा सांस्कृतिक बाजाको लागि नपाबाट रु. ५० हजार सहयाेग प्राप्त भएकाे जानकारी दिइएको थियाे ।





