कञ्चनपुरकाे लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काका अनुसार रामविलासले आइतवार राति १० बजे करिब ४२ वर्षीय गन्नु राना हत्या गरेका हुन्। रामविलासलाई बञ्चरोसहित राति नै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताए।
‘प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा रामविलासले बुुवा गन्नुको हत्या गरेको स्वीकार गरेका छन् ।
शव परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ।





