आज सुनको मूल्य प्रतितोला १ हजार घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ। बिहीवार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ। आज प्रतितोला मूल्य १ हजार ३३५ रुपैयाँ तोकिएको छ।





