सुनको मूल्य शुक्रबार तोलामा ९०० रुपैयाँकाे दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य स्थिर छ बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।





