आज किन हो कुन्नी युगकवि सिद्धिचरण श्रेष्ठले इतिहासको पाना पल्टाउँदै छन् । जय मंगलको गाना गाउँदै युगौं युगको श्री गणेशको कुरा गर्दै छन् । यो त मंगलयात्राहो । मंगलकर्म गर्नका लागिमंगलकलशबोकेर हिँड्दै छन् । शुभअवसरमाबजाइने मंगलध्वनीले जय जयकारको शुभ मंगलको दुन्दुभी बजाउँदैछन् । त्यसैले जगत् कल्याणको लागि, शुभ र भलो चिताउनकालागिआज जय मंगलको गीत गाउँदैछ । युगौं युग अगाडि यो उपत्यकाको स्वर्ग भूमिमा पानीले टम्म भरिएर तलाउको रूपमा नागहरूले आफ्नै घर व्यवहार चलाउँदै थियो । डाँडाहरूको कम्मरसम्म पानी नै पानी भएर यो मानव जीवनको टुसासम्म पलाउन नसकेको कुरा गर्दैछन् । केवल विशाल नाग दहमा जलप्राणीहरूले मात्र जीवन यापन गरेको होला । फूलबारी त कताहो कता त्यो शून्य कालको इतिहासमा विवेकशील प्राणीको अस्तित्व नभएको कुरा गर्दैछन् । त्रेता युगमा डरलाग्दो शिखरको बाटो हुँदै त्यो जलमग्न उपत्यकामा चीनबाट मञ्जुश्री बोधिसत्वले चोभारको डाँडा काटी पानीलाई खोला ओठी सागरतिर जान सिकाए रे ! कस्तो होला त्यो कालखण्ड जहाँ नागदह थियो । चारैतिर पहाडै पहाडले घेरिएको त्यो कचौरा जस्तो तलाऊ थियो । धन्य दैव ! ईश्वरको लिला अपरम्पार छ । अपितु मंगल होस् भन्नाकालागि मञ्जु पतनको बस्ती बसालेर धर्माकर राजाले शासन गरेको इतिहास छ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठले आज नेपालको इतिहास पढ्दै छन् । पुर्खाहरूको सभ्यता र संस्कृतिले हाम्रो फूलबारी को शोभा बढेको कुरो गर्दैछन् ।
पानीपानी सब टम्म थियो कताकता यो फूलबारी
डाँडाहरूको कम्मर सम्म त नागहरूकै घरबारी ।
शिखर शिखरको बाटो हिँड्दै पूर्खाहरू यसमा आए
पानीलाई खोला ओढी सागरतिर जान सिकाए ।
हाम्रो फूलबारी पुर्खाहरूले आर्जेको हो । यहाँथुप्रै पुर्खाहरूको रगत र पसिनाको बलिदान छ । अनगिन्ती आपत् र विपतहरू सहेर यो फूलबारी बनाउनकालागि थुप्रै योगदान दिने काम भएको छन् । माटो खनजोत गरेर बिरुवाहरू हुर्काउनकालागि थुप्रै पुर्खाहरूको मेहनत परेका छन् । वीर योद्धाहरूले वैरीहरूलाई धपाउनका लागि आफ्नै ज्यानको आहुती दिएको छन् । खुकुरी चलाई देश रक्षा गर्नका लागि देश प्रेमीहरूको थुप्रै माया छन् । त्यसैले यो जन्मभूमिको मंगलहोस् भन्नाकालागि थुप्रै ज्ञात अज्ञात शहीदहरूको रगत माटोमा मिसिएको छन् ।
हो बलिदान सानो कुरो होइन । आफ्नो माटोको लागि जीवन त्याग गर्नु युगौंयुग सम्म बाँच्नु हो । आफू बलेर अध्यारोमा प्रकाश दिनु सूर्य जतिकै महान् कार्य हो । म मरेर जान्छु तर मेरो देश सिङ्गै हाँस्नु पर्छ । म बगेर जान्छु तर मेरो देशले सिङ्गै चोला फेर्नु पर्छ ।अनगिन्ती दुःख र विपतहरू सहेर पनि भोलि फूलबारी वसन्तपलाउनु पर्छ । होइनभने ती वीर शहीदहरूले तिमीलाई सराप्ने छ । रगत र पसिनाले तिमीलाई धिक्कार्ने छ । त्यसैले यो आकाशले होइन धरतीले जवाफ दिनुपर्छ । घाम–पानी नभनी गरेको कामलाई माटोले पनि भन्न सक्नुपर्छ । बिजुली चम्केर गगन रोएर के भो ? आँधीबेरी चलेर मुसलधार पानी परेर के भो ? जब प्यास लागेको बेला फूलबारीलाई प्यास मेटाउन सक्नु पर्छ । लाखौलाख हण्डर खाएर पनि माटोलाई बिझाउन सक्नुपर्छ । होइनभने हण्डर मात्रखाएर के भो ? जब माटोले अंकुरनै पलाउन नसक्ने भए पुर्खाहरूले सिंचिएको घाम–पानीको अर्थ के हुन सक्छ र ? त्यसैले हाम्रा पितापुर्खाहरूले अनगिन्ती आपत् विपतहरू सहेर यही फूलबारी का लागि घाम–पानीको कुनै परवाह नगरी माटोलाई बिझाएँ । गाह्रो सारो केही नभनि भावि पुस्ताको सुख र सुविधाकालागि गाउँ र शहर बसालें ।
- यो पनि पढ्नुहोस्
हामी त डुब्न लागेको घाम न हो । भोलिको लागि केहि गर्नु पर्छ भनेर आफू मरी मेटीपनि सन्ततीहरूलाई बाटो देखाएँ । हिजो हाम्रा पितापुर्खाहरूले जय मंगल होस् भन्नाकालागि फूलबारीमा रङ्गीचङ्गी फूलहरू फुलाउन मलजल गरी छोडेका थिए । गाउँ र शहर बसाल्नकालागि ढुङ्गा र माटो बोकी बनाएका थिए । त्यसैले हाम्रा पितापुर्खाहरूलाई कोटी कोटी प्रणाम छ । जसले हिजो बनाएको थियो । आज त्यसैमा हामी रमाई रहेका छौं ।
पुर्खाहरूको बलिदान अहो!कति भनूँ छन् अनगिन्ती
दुःख विपत कुन मात्र सहेनन् यै फूलबारीका निम्ति ।
घाम र पानी कति नमानी माटोलाई बिम्झाए
गाह्रो साह्रो लाख छिचोली यी गाउँ र शहर बसाए ।
हाम्रापुर्खाहरूले आँधीबेहरी पस्न नसक्ने कति घर र ओडार बनाएका थिए । किनकि घर र ओडार प्राणीहरूको जीवनहो । बाँच्नको लागि केही समय ओट लाग्नु हो । हावा हुरीबाट जोगाउनकालागि आँधी जस्तो ठूलो समस्याबाट बच्नकालागि यौटा सानो बासको आवश्यकता छ । रातमा आँखा निदाउनकालागि शरीरलाई अलिकता तागत दिनकालागि पाखा र पहराको खापी नै किन नहोस् यो आत्माले शान्ति पाउँछ भने अरु के चाहियो र ? सुख सँग जीवन बिताउन यो आत्मालाई दुःख नभए भैहाल्यो नि? त्यसैले घाम–पानीबाट जोगाएर जीवनमा हिँड्नकालागि कति खोलाहरू माथि काठका हिउँदे पुल बनाएर खोलालाई कजाएको छ । काठको साँचोले हिँड्डुल गर्न कति सजिलो भएको छ । यो त शुभमंगलको कार्य हो । नत्र ज्यानको बाजी राखेर सधै खोला तरेर कहाँ हिँड्न सकिन्छ र ?ज्यानलाई खोलामा छोडेर को कहाँ जान चाहन्छ र ? यो त प्रगतिको बाटो हो ? उभो लागेर हिँड्ने ठाउँ हो । पितापुर्खाहरूले आँधीबेहरीबाट बच्नको लागि कतै घर र ओडार नबनाएको भए कतै खोलाहरूमा साँघुहरू नराखिएको भए हाम्रो मंगल कहाँ हुन सक्छ र ? उही बेला ओरालो लागेर खोलासँगै जीवन बिताउन बाध्य हुनेछ । यो माटो मेरो होइन , पुर्खाहरूले छोडेर गएको हो । त्यो ढुङ्गा मेरो होइन ,पुर्खाहरूको नासो हो । यो पानी मेरो होइन ,पुर्खाहरूले बोकेर ल्याएको हो । जे छ यहाँ सबै कुराहरू पुर्खाहरूले हिजो नै बनाएको हो । त्यसैले आज ममताको पूर्ति भएर जो उभिएको छ , लाग्छ जिन्दगीमा सबैभन्दा ठूलो कुरो त्यहीनै हुने छ । हामी त यौटा सानो कण न हो । हावाले उडाएर कताकता पु¥याउदो रहेछ । हो माटो अनि ढुङ्गाको कथा पढेर हामी त कतै पानी सारेर खाएको कुरालाई जीवनमा कसरीभुल्न सकिन्छ र ? त्यसैले यो जीवन तिमै्र हो । तिमी विना बाँच्नुको अर्थ व्यर्थै छ ।
आँधी र हुरी पस्न नसक्ने कति घर, ओडार सजाए काठी हाली साँधु हरूको कति खोलालाई कजाए । उसले माटो उसले ढुङ्गा उसले पानी ल्याएर आज छ यो उभिएको हाम्रो ममताको मूर्ति भएर ।
समुद्रमा धेरै नदीहरू मिसिएर होला नदीको जीवन अन्त्यमा समुद्र बन्दो रहेछ । यौटा साझा फूलबारीमा सबैका आत्माहरू तृप्ति हुँदो रहेछ । त्रिवेणी जस्तो एकले अर्कोलाई सहयोग गरेर मिलनको केन्द्रविन्दु बन्दो रहेछ । सुख र शान्तिसँग हाँसीखुशी जीवन बिताएको हुन्छ । त्यसैले मिल्नु एकता हुनु हो । ऊर्जा पाउनु हो । बलियो हुनु हो । सहयोग पाउनु हो । नमिले के पाउन सकिन्छ र ? टुक्रा टुक्रा बनेर आ–आफ्नो बाटो फरक फरक हुने छ । फुटेको ऐना जस्तो चकनाचुर भएर कामनलाग्न सक्छ । आपत् विपतमा सहयोग नपाएर कतै चिप्लिएर खाडलमा खस्ने छ । एक्लो जीवन निरस भएर फल्गु झैं सुकेर जाने छ । बोल्न नपाएर मनका कुराहरू भित्रभित्रै डुबेर उकुस मुकुस हुन सक्छ । तसर्थ जीवनमा बाँच्नकालागि फूलबारी झैं बनेर हेर, त्यसभित्र के छ, के छैन नजिकबाट नियालेर हेुर्नुपर्छ । विना स्वार्थ बगेको पानी जस्तो जता ओरालो छ त्यतै बगेर आफ्नो गन्तव्यमा पुग्न खोज्छ । शुभमंगल भएर दुई दिनको जीवनमा विना आँसु जिउनकालागि आधार बन्न सक्छ । त्यसैले बाँच्नु पटक पटक मर्नु होइन । मर्नु त एक दिन आवश्य पर्छ । मनमा पीर नलिई यो अनित्य संसारमा सबैले चोला फेर्नुपर्छ । लुगा फेरे झैं मसानघाटबाट सबैले आ–आफ्नो चोला बदल्नु पर्छ । त्यसैले बाँच्नु छ भने तिमी ढुङ्गा र माटो बनेर हेर । त्यसभित्र के छ ?बिचार गर्नु नै विवेकशील प्राणीहरूको अस्तित्व छ । तिमी साझा फूलबारीको रखबारी मात्रभएर हेर यो आत्माले कति सन्तुष्टि पाउने छ । तिमी सबैको मुस्कानलाई मात्र नियालेर हेर बाँच्नुको अर्थ आफैं थाहापाउने छ । यो त समर्पणको कुरो हो । एउटै धारमा बग्ने कुरो हो । जयमंगलको गाना गाएर पितापुर्खाहरूको जन्मोत्सब मनाउँने कुरो हो ।
नमिली दुइटा बन्छ र यौटा साझा हाम्रो फूलबारी यौटै भैकन सबले सब दिन गर्नु छ यसको रखबारी यो नै राष्ट्रिय धार बनाउन नित्य समर्पित जसको प्राण आज उनैको जन्मोत्सबमा यो मेरो जय मंगल गान ।
आज सिद्धिचरण श्रेष्ठले जय मंगलको गीतगाउँदैछन् । प्राणी जगत्मा कसैलाई पनि दुःख नहोस् भनि कामना गर्दै छन् । आखीर दुई दिनको जिन्दगी नै हो । फूलबारीमा म पनि फुल्न पाउँ भन्दैछन् । मैले तिमीलाई तिमीले मलाई रेखदेख गरी सुख सँग यो चोला फेर्न पाउँ भनि सुनाउँदैछन् । त्यसैले पितापुर्खाहरूले दिएको यो नासोलाई जतन गरी हाम्रै कर्मको फल अनुसार टिकाउनु छ । जय मंगलको गाना गाएर आज युगकवि सिद्धिचरण श्रेष्ठले सबैको मंगलहोस् भनी हृदयको कुरा गर्देछन् । लाग्छ, हाम्रो मनको कुरा युगकवि सिद्धिचरण श्रेष्ठले बुझे जस्तो छ । त्यसैले मलाई यस्तै यस्तै लाग्नथाल्यो ।
मंगल, अमंगलको लागि आवश्यक छ ।
शुभ, अशुभको लागि आवश्यक छ ।
गुण, वैगुणीको लागि आवश्यक छ ।
माया, निर्दयीको लागि आवश्यक छ ।
यो आवश्यकतै आवश्यकताको भवसागरभित्र समुद्र तर्नको लागि डुङ्गाको आवश्यकता छ । यो जीवन चक्रमा किन हो कुन्नी सबैको लागि सबै आवश्यक छ ।





