काठमाण्डौ ।
हेटाैंडाका वडा नं ७ कास्थायी बासिन्दा हुन् नारायण चौलागाँइ । उमेरले ६० पार गरेका उनले ०६६ सालमा दुखले चाँगुनारायण नगरपालिका (भक्तपुर) दुवाकोट वाड नम्बर १ मा श्रीमती रत्नमाया गौतम चौलागाँइको नाममा ११ आना जग्गा जोडेका थिए । त्यो जग्गा उनले २६ लाखमा किनेको सुनाउँछन् । अलिक कान्ला कान्ली प्रकारको त्यो जग्गामा सहिदारले केही महिना पहिले उनलाई थाहै नदिइ डोजर चलाएपछि यतिवेला उनी आफनो जग्गाको खोजीमा छन् । सुनांै चौलागाँइकै मुखबाट जग्गा विवादको कहानी ।
खास विवाद के भन्दा हामीलाई सोध्दै नसोदी मेरो जग्गामा १३ फिटको वाल लगाए शत्रुधन गुरुङले (सहिदार ) । सदियारले सोध्दै नसोदी १३ फिटको वाल लगाए, सहमती विना वाल लगाएर १३–१३ फिटको बाटो जग्गाको दुइतिरबाट लैजान पाइन्छ संसारमा कहीँ ? हैन, अगाडीकै बाटो मोडाबाट पनि आधा जग्गा सट्टा पट्टा गरेर वा पैसा तिरेर लानुपथ्र्यो । त्यो त उसको बाटो नभएको जग्गा होनि त । एकतिरबाट मात्रै होर ? अर्को उत्तरतर्फको पनि मेरै जग्गाबाट बाटो लगेपछि त मेरो जग्गा सक्किगो नि । घरै नबन्ने भएको छ । त्यो त ममाथी ठाडै अन्याय भयो । नगरपालिका पनि गएँ । वडा धाँए ठिगिने काम मात्रै भयो । त्यसैले मिडियामा आएँ ।
म हेटौडा बस्ने मान्छे । आफनो जग्गा कसले पो लैजाला ? भनेर बसेँ । वाल पनि पछि लगाउँला भनेर बसेँ । पछि जग्गा हेर्न जाँदा त हाम्रो ११ आना जग्गा कान्ला कान्ला थियो पहिले । हामीलाइ थाहै नदिइ डोजर चलाएछन् गुरुङले । जग्गा कहाँ हो, कहाँ ? कान्ला कहाँ हो ? केही थाहै छैन । पछि पत्ता लगाइयो । हामीले सोच्यौ उसले जग्गा छुट्याएर दिने होला भन्ने । पछि जाँदा वाल लगाएछन् उनले । सहमती विना वाल लगाएर उसले हामीलाई दिने जग्गा घटाएर दिने हो हामीलाई ? ११ आनामा जग्गा २ ओटा घर नै नबन्ने भएको छ दुइ भाइको जग्गा (शाला भिनाजुको) ? सार्है अन्याय भयो ।
नगरपालिकामा मुद्धा हालेको मिलापत्र गरायो । मिलापत्रमा हुन्छ भने । छानबिन समितिमा झण्डै एक घण्टा छलफल भयो । दुबैपक्षको कुरा बुझ्यो समितिले । बझिसकेपछि बराबरी राजस्व तिर्न, अमिनीले जहाँ देखाउँछ त्यहाँ किला गाड्नु भनेर मिलापत्र गराएर पठायो । त्यो निणर्य भएपछि अमिनी जाँदा उ त जाँदैजादैन । अमिनीले पनि मतलबै गर्दैन । उल्टै यहाँ जग्गा पुगेन, त्यहाँ पुगेन । यता यसो झगडा गरे जस्तो नी गर्ने, उता तानतुन गर्ननी खोज्ने, किचलो गर्ने गरे गुरुङले । म त मर्कामा परेँ ।
उ मेरो जग्गाबाट दुइतिरबाट बाटो लगेर जग्गा पल्टीङ गरेर बेच्ने र पैसा कमाउने । मेरो जग्गा चाँही हलो काटेर मुङग्रो बनाइदिने । मलाई ती बाटो चाहिएकै हैन । कुनै सहमती विना मनोमानी हिसावले अर्काको जग्गाबाट बाटो लान पाइन्छ? वडाले पनि एउटा सदस्य खटाएको थियो । त्यो मान्छे जानै मानेन । किन मानेनन् । केही त होला । वडा अध्यक्ष नै बसेर मिलाउनु पर्नेहो नि त । मैले वडा अध्यक्षलाई पनि भने । तर कुरै सुन्दैनन । चाँगनारायणको मेयर त कुर्सीमै कहिल्यै भेटिदैनन । भेट्नै पाइदैन । कुरा गर्नै मान्दैनन । अहिले त मेरो ११ आना जग्गा ८ आना २ पैसा मात्रै भएको छ । मेरो जग्गै खाइदिए, घोर अन्यायमा परेँ । मेरो कुरा कसले सुनिदिने?





