आजदेखि काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनका लागि कडाई गरिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागू गरेकाे छ ।
कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ । माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ ।
प्रहरीले नियम उलंघन गरेर चलाइएका सवारी साधानलाई होल्डमा राख्ने गरेको छ । जोरबिजोरको नियम सार्वजनिक यातायातसहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू गरिएको छ ।





