काठमाडौँको लैनचौरस्थित शहीद स्तम्भमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
शहीद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका हुन्
हरेक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार देशभर मनाइँदै छ ।





