साताको पहिलो दिन आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकिएको छ। गत शुक्रवार प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रूपैयाँ छ।
आइतवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँमा तोकिएको महासंघले जनाएको छ।





