पर्सामा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा–छोरीको मृत्यु भएको छ।
आइतबार साँझ जिराभवानी गाउँपालिका–४ भावनीपुरमा ना ४ त ८१३६ नम्बरको ट्र्याक्टरले बा ५५ प ६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार भवानीपुर टोलकी २७ वर्षीया विद्यादेवी थरुनी र उनकी छोरी ३ वर्षीया अन्नया कुमारी गम्भीर घाइते भएका थिए।
छोरीको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको तथा आमाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा ज्यान गएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चलाइरहेका विद्याका श्रीमान् अनिल महतो समान्य घाइते भएका छन्।





