नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले विश्व शान्तिको कामना गर्दै हरिनाम संकिर्तन आयोजना गरेको छ । खासगरी रसिया र युक्रेनबीच भइरहेको युद्ध बन्द भई शान्ति कायम होस् र आध्यात्मिक भावनाको विकास होस् भनी प्रार्थना गरिएको थियो ।

नेपालभरिबाट एकीकृत भएका ८०० भक्तजनहरुको उपस्थितिमा काठमाडौंमा विश्व शान्तिकालागि हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे महामन्त्रको संकिर्तन गरिएको थियो ।
हेर्नुहोस् विज्ञप्ति






