केन्द्रीय तथ्यांक विभागले जनगणनाको क्रममा देशभर संकलन गरिएको जनगणना फारम केन्द्रीय तथ्यांक विभागको कार्यालयमा ल्याएको छ।देशभरका फारमलाई एकीकृत गरेपछि तथ्यांक प्रविष्ट (डाटा इन्ट्री) को काम सुरु गर्न लागिएको छ। त्यसका लागि ‘कोडिङ, एडिटिङ र इन्ट्री’ गर्ने कर्मचारी माग गरिएको विभागका निर्देशक तीर्थराज चौलागाईंले जानकारी दिए।
आगामी दुई महिनाभित्र तथ्यांक प्रविष्ट गर्ने कार्य सकिनेछ। त्यसपछि प्रारम्भिक जनगणना संख्या सार्वजनिक गरिने विभागले जनाएको छ। अबको दुई महिनामा मुख्य काम सकिन्छ, त्यसपछि मोटामोटी तथ्यांक सार्वजनिक गरिन्छ,’ निर्देशक चौलागाईंले भने, ‘जनगणना संख्या मात्रै नभएर धेरैथरी विवरण प्रविष्ट गर्नुपर्ने भएकोले सबैखाले सूचनाको यथेष्ट परिणाम आउन समय लाग्छ।





