नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोलि मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार फागुन २४ गते कम्पनीको आईपीओ बाँडफाँड हुने भएको हो ।
विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा माग गरेभन्दा झण्डै ३९.०२ गुणा बढी आवेदन परेको छ । कुल ८ लाख २८ हजार ७५० कित्ताका लागि २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् ।
जसमध्ये ७७ हजार ४५६ जनाले मात्र कम्पनीको सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुने देखिन्छ
कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो ।
जसमध्ये ४१ हजार ४३७ कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सर्वसाधारण लगानीकर्ताहरुमा जारी गरेको थियो ।





