पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ । पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्व प्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक बिदा दिने भएकाले आज बन्द हुने भएको हो ।
सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भई अदालतको न्यायाधीश भएर काम गदै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए ।





