राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेबाट आइपीओ जारी गर्ने भएको छ। यस लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो।
यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।
यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले गर्नेछ। यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।





