ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ। गए राति उक्त मूर्ति चोरी भएको हो।
मन्दिरका पूजारी पूजाआजाका लागि जाँदा मूर्ति नदेखेपछि चोरी भएको घटना बाहिरिएको थियो। मन्दिरको मूर्ति चोरी भएको पूजारीले बताएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए।
दुई फिट अग्लो पित्तलको मूर्ति चोरी भएको जानकारी आएको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले बालकुमारी मन्दिरको मूर्ति चोरी भएको जानकारी आएलगत्तै खोजी कार्य जारी राखिएको बताए। यो मूर्ति करिब तीन सय वर्ष पुरानो रहेको बताइरहेको छ।





