वाणिज्य बैंकहरुले आश्विन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बीस वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले आश्विन महिनाका लागि ब्याजदर घटाएका छन् भने दई वाणिज्य बैंकहरुले घटाएका छन्।
भाद्र महिनाको तुलनामा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्।
कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले ब्याजदर बढाएका छन् ।
बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
यससँगै बैंकहरुको औषत ब्याजदर पनि घटेको छ। भाद्रमा ६.३९८ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, आश्विनमा ०.१३ प्रतिशतविन्दु घटेर ६.५२ प्रतिशत विन्दुमा झरेको छ।





