करिब १ करोड रुपैयाँ बराबरको सुन र ४ थान आइफोन त्रिभुवन विमानस्थलबाट बरामद भएको छ ।
प्रहरीले युएईबाट आएका गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह‚ मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको हो ।
उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।





