नेपाल सुनचाँदी व्यवसायी महासंघले निरन्तर ८ दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको जानकारी दिएको हो । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । निरन्तर आठौं दिन सुनको मूल्य घट्दै प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम छ ।
महासंघले आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।





