कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले भीडभाड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरसँगै सिनेमा हल पनि परेको हो ।
यसअघि माघ १५ गते गतेसम्म फिल्म हल बन्द गर्न सिफारिस गरिएको थियो । सिसिएमसीले डान्सबार, दोहोरी, फिल्म हल,नाचघरजस्ता भिड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।
यी क्षेत्रहरूलाई बन्द गरिएकोमा संक्रमणको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म रोक लगाउन सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छन् ।





