गाई काटेको अभियोगमा गएराति प्रहरीले रोल्पामा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने ४१ वर्षीय वल बहादुर पुन र २९ वर्षीय दुर्गा पुनमगर लाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।





