मेनुका आचार्य दंगाल
धन्मा छौँकी मन् मा
हरपल उदास गरायौँ
खोज्दा भेटीन मैले
शान्ति कता हरायौँ ।१।
बसेर एक कोहोरो
सोच् मा डुब्ने गारायौँ
छैनौँ कसै का मन मा
शान्ति कता हरायौँ ।२।
अशान्त भै मन मा
भिड्मा हिड्ने गरायौँ
देख्दीन कुनै मुहाँरमा
शान्ति कता हरायौँ ।३।
ध्यान मा छौकी ज्ञान्मा
सोच् मा डुब्ने गरायौँ
देख्दिन मानब मा म
शान्ति कता हरायौँ।४।
पिएर हुस्कि घुड्का
मात्दै हिड्ने गरायौँ
देख्दिन बोतलमा म
शान्ति कता हरायौँ।५।
किताब मा छौकी कबिमा
शब्द मा खोज्ने गरायौँ
देख्दिन नतिजामा म
शान्ति कता हरायौ।६।
मन्दिर मा छौकी भजन्मा
खोज्दै हिड्ने गरायौँ
देख्दीन संसार मा म
शान्ति कता हरायौँ ७।





