काठमाडौं । नेपाली बजारमा नयाँ रेकर्ड बनाउँदै आएको सुनको मुल्यमा आइतबार सामान्य गिरावट आएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।





