आइतबार चार सय रुपैयाँले घटेयाे सुनको भाउ । आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ ।
शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।





