ताप्लेजुङको कोप्चे बजारमा आगलागी हुँदा एकजना वृद्धाको मृत्यु भएको छ।
कोप्चे बजारमा रहेको शिव मादेनको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा क्षति भएको र रवीन्द्र आङ्वोहाङको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बुको ग्यास पड्किएर मृत्यु भएको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए।
बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो।





