वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगले हालसम्मको कार्य प्रगतिबारे जानकारी गराउँदै आगामी रणनीतिबारे छलफल गर्न दलहरुलाई बोलाएको हो ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए ।





