आज सुनचाँदीको मूल्य बढेको छ । आज बढेको सुन तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
तेजावी सुनको प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो ३५ सयले घटेको सुन आज तोलामा ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





