साताको अन्तिम कारोबार दिन आज नेप्से ५४.१२ अंकले बढेको छ । यो सँगै नेप्से यो हप्ताको लागि २८५७.७५ बिन्दूमा कायम हुन पुगेको हो ।
यो दिन कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २ सय १६कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
हाईड्रोसमूह आज प्रतिशतका हिसाबले सबैभन्दा बढी बढेको छ । यो करिब पाँच प्रतिशतले बढेको हो । समग्र बजारमा हरीयाली छाएपनि ८ कम्पनीका लगानीकर्ताले भने यो दिन गुमाउन पुगेका छन् । बोटर्लस नेपाल (तराई), लक्ष्मी बैंक, मैलुङखोला जलविद्युत , नारायणी डेभलपमेण्ट बैंक, नेपाल बंगलादेश बैंक, न्यादी हाईड्रो, राष्ट्रिय बिमा सस्थान र स्टान्डर्ड चाटर्ड बैंकको सेयर मूलयमा गिरावट आएको हो ।






