सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।
आज सुन तोलामा २५ सयले बढेर एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन पनि तोलाको दुई हजार ५०० रुपैयाँले बढेर एक लाख पाँच हजारमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।





