काठमाडौं । चालू आर्थिक वर्ष २०८०–०८१ को १० महिनामा नेपालको वैदेशिक व्यापारमा २ दशमलव ५० प्रतिशतले कमीसँगै ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।
भन्सार विभागका अनुसार गत साउनदेखि वैशाखसम्मको १० महिनाको अन्तरालमा आयातमा २ दशमलव ३९ प्रतिशतले कमी आएको छ । यसैगरी, ३ दशमलव ६१ प्रतिशतले निर्यातमा गिरावट भएको छ ।
हजार ४ सय ५१ केजी ८ सय ६४ ग्राम सुन आयात भएको हो । सोही अवधिमा नेपालमा सरकारले सो सुन आयातका क्रममा भन्सार करबापत ३ अर्ब २४ करोड ७५ लाख ४८ हजार आम्दानी गरेको विभागको तथ्यांकले देखाएको छ ।
१० महिनामा नेपालमा ८ हजार ४ सय ९७ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । शून्यदेखि ५० किलोवाट, ५१ देखि सय, १ सय १ देखि २ सय र २ सय १ देखि ३ सय किलोवाट क्षमताका विद्युतीय गाडी भिœयाइएको हो ।
यी गाडीको आयात मूल्य २१ अर्ब ८ करोड ८० लाख ४९ हजार रुपैयाँ छ । यी गाडीको आयातबाट सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चैत मसान्तसम्म नेपालमा ७ हजार ९३ विद्युतीय गाडी आयात गरिएको थियो । वैशाख मसान्तसम्म एक महिनाको अवधिमा १ हजार ४ सय ४ ईभी आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा ६ अर्ब ९१ करोड ५२ लाखको अलैंची निर्यात भएको छ । फलाम तथा डन्डी ५ अर्ब ६२ करोड ८५ लाखको निर्यात भएको छ । पाल्म आयल ५ अर्ब ६० करोडबराबर निर्यात छ । कार्पेट ५ अर्ब २६ करोड १ लाखको निर्यात भएको छ ।
१० महिनाको अवधिमा मुलुकले १ सय ६८ देशसँग व्यापार गरेको छ । त्यसमध्ये १ सय ३३ देशसँग व्यापार नोक्सानमा हुँदा बाँकी ३५ देशसँगको व्यापार नाफामा रहेको छ ।
विभागको तथ्यांकनुसार नेपालको वैदेशिक व्यापारमा ९१ दशमलव १७ प्रतिशत आयात रहेको छ भने जम्मा ८ दशमलव ८३ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।





