ओस्ला नेपालको आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा आयोजित उपत्यकाब्यापी धिमेबाजा प्रतियोगिता एवं नायोखीं प्रशिक्षणको पूर्वसन्धयामा पत्रकार सम्मेलन थिमिको चाणक्य कलेजमा चैत्र १९ गते सम्पन्न भएको छ ।
पत्रकार सम्मेलनको कार्यक्रममा प्रमुख मदन सुन्दर श्रेष्ठको आतिथ्यमा भएको थियो । पत्रकार सम्मेलनमा ओस्ला नेपालका उपाध्यक्ष सुशिल जोशीले प्रेश बिज्ञप्ति जारी गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व ओस्ला नेपालका वर्तमान अध्यक्ष राजेश श्रेष्ठले ओस्ला नेपालले गरेका राम्रा कामहरुको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा उँहाले भन्नुभयो, “मध्यपुर थिमि सम्पदा संरक्षणमा अगुवा छ । थिमि क्षेत्रको लोपोउन्मुख मूर्त — अमूर्त सम्पदाहरु कला, संस्कृति,परम्परागत लोकबाजाहरुको संरक्षण,सम्बद्र्धनमा सधै साथ दिनेछ । आन्तरिक र बाहय पर्यटनको बिकासले मात्रै मध्यपुर थिमि बिकास सम्भव छ । धिमेबाजा विशेष प्रकारको मौलिक बाजा हो । यसले हाम्रो पहिचान बढाएको कुरा उहाले बताउनु भयो । मदन सुन्दर श्रेष्ठले राष्ट्रिय समाचार समितिको फोटो पत्रकार सगरमाथाको सफल आरोहण गर्ने प्रथम नेवा साहासिक व्यक्ति रत्न कृष्ण श्रेष्ठको समेत खुलेर प्रशंसा गर्नु भयो । ८६ बर्षिय रत्न बेहोसीको सांगितिक योगदानको समेत उँहाले चर्चा गर्नुभयो ।”

पत्रकार सम्मेलनलाई ओस्ला नेपाल कार्यसमिति सदस्य राम सुन्दर श्रेष्ठले सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । कार्यक्रममा चाणक्य कलेजका संचालक तथा शंखधर प्रतिष्ठानका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठ, फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठ र मध्यपुर संगित समाजका अध्यक्ष हरि सुन्दर श्रेष्ठले समेत आफ्नो विचार राखेका थिए । कार्यक्रम संचालन ओस्ला नेपालका सचिव रोशन बज्रचार्यले गर्नुभएको थियो ।
उपत्यकाब्यापी छैटौं धिमेवाजा प्रतियोगिता २०७८ चैत्र २६ गते शनिबारका दिन मध्यपुर थिमि ४, बालकुमारी प्राङ्गणमा हुनेछ । प्रतियोगिताका धिमे—२ भुस्या—२ र हुस्या वा अन्य वाजा १ गरि बढीमा ५ जना सहभागी हुन पाउने छन । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २५,०००।– सहित शिल्ड तथा प्रमाणपत्र, दोस्रो हुनेलाई रु १५,०००।– सहित शिल्ड तथा प्रमाणपत्र सान्तवना पुरस्कार शिल्ड तथा प्रमाणपत्र सहित २ वटा खल पुचः का लागि दिइनेछ ।





