काठमाडौं: बुधबार सेयर बजार ६० अंकले ओर्लिएको छ। सो अंकको गिरावटसँगै परिसूचक २८७६ अंकमा कायम भएको छ।
परिसूचकसँगै कारोबार रकम झनै घटेको छ। केही दिनयता कारोबार रकममा निरन्तर गिरावट आइरहेको
हिजो ७ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ६ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ।
भदौ ३ गते साढे २० अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा त्यसयता कारोबार रकम खुम्चिँदै आएको छ।
यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ३१, ब्यापार ८२, होटल तथा पर्यटन ६४, विकास बैंक १५७, जलविद्युत ५३, फाइनान्स ९७, निर्जीवन बीमा ३२८, उत्पादन १८८, अन्य ६३, माइक्रोफाइनान्स ६७, जीवन बीमा ४२१ र लगानी समूह २ अंकले घटेका छन्।
यस दिन सानिमा लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ४० पैसा पुगेको छ।





