आज नेप्से परिसूचक सोमबार १५ अंकभन्दा बढीले वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको छ। आज कारोबार रकमका आधारमा ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल इन्फास्टक्चर बैंक शीर्ष स्थानमा रहेको छ। नेशनल हाइड्रोपावर कम्पनीको २७ करोड ६६ लाख रुपैयाँ शेयर कारोबार भएको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेको छ। फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेको छ।
सोमबार १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये सबैभन्दा बढी लगानी उपसमूहको परिसूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक २.४१ प्रतिशत, र्निजीवन बिमा कम्पनीको ०.५८ प्रतिशत, विकास बैंकको ०.५२, व्यापारको ०.४८, वित्त ०.३६, जलविद्युतको ०.२ प्रतिशतले बढेको छ। यता, बैंकिङ उपसमूहको सबैभन्दा धेरै ०.२१ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत र लघुवित्तको ०.०८ प्रतिशतले गिरावट आएको छ।
आज करोबारमा सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंकको शेयरमूल्य ८.४२ प्रतिशतले बढेको छ। छ्याङ्दी हाइड्रोपावरको ६.८३ प्रतिशत र सानिमा लाइफको शेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ। नेशनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई कम्पनीको पनि शेयर मूल्य बढेको छ। तर, यता बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, साहस ऊर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स लगायतको शेयरमूल्यमा गिरावट आएको छ।





