नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो ।
राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो ।
केन्द्रीय कमिटी बैठकअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।





