प्रा. शत्रुघन श्रेष्ठ
नेपालमा हाल कायम सहकारीको संख्या करिब ३० हजार छन् । सहकारी संस्थाहरुले सर्व साधारणको बचत लिने र ऋण प्रवाह गर्ने काम गरिरहेका हुन्छन् । नेपालमा अहिले सहकारी संस्थाहरुले करिव ५ खर्व रुपैयाँ भन्दा बढीको हाराहारीमा साधन परिचालन गरिरहेका छन् ।

वित्तीय प्रणालीमा अहिले देखिएको असहजताको प्रमूख कारण सहकारी क्षेत्रको नियमन प्रभावकारी नभएकोले गर्दा हो । सहकारीको नियमनका लागि एउटा छुट्टै विशिष्टकृत नियामक निकायको अभावमा नियमन र सुपरिवेक्षण कमजोर भई समग्र बित्तीय प्रणालीमा अप्ठ्यारो अवस्था सिर्जना गर्ने हो की भने भय सिर्जना भएको छ । जसरी सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न सकेको छैनन् । त्यस्तै अवस्था बैंकहरुमा पनि आउँछ की भन्ने आशंका आम मानिसहरुमा देखिन्छन् । तर त्यो अवस्था छैन । नेपालको बैंकिङ्ग प्रणाली बलियो र मजबुत रहँदै आएको छ । कसरी भने बैकिङ्ग प्रणालीमा उचित नियमन, सुपरिवेक्षणबाट निर्देशित (राष्ट्र बैंक) र पूणर्रुपमा बचतकर्ताहरुको पैसा नेपाल राष्ट्र बैंकको कडा नीतिले गर्दा बैंकमा बचतकर्ताहरुको पैसा पूणर्रुपमा सुरक्षित हुन्छ । तर सहकारी क्षेत्रमा नीति, नियम, सुपरिवेक्षणको कमी र जथाभावी घर जग्गामा लगानी गरी बढी भन्दा बढी मूनाफा कमाउने प्रवृत्तीले गर्दा आज सहकारी क्षेत्र पूणर् रुपले समस्याग्रस्त भई बचतकर्ताको बचत फिर्ता दिन नसकेर कयौं सहकारी संस्था बन्द भई सञ्चालकहरु फरार भई प्रहरीले खोजी खोजी प्रक्राउ गरि बचत रकम फिर्ता गराउन लागीपर्दै आईरहेको छ । तर सहकारी क्षेत्रको आगामी दिनको बाटो के हो ? बचत तथा ऋण सहकारीलाई अगाडी कसरी बढाउने हो ? उनीहरुको बचतको सीमा तोक्नु पर्ने हो की ? कार्य क्षेत्रलाई निश्चित जिल्ला, क्षेत्र, स्थानीय तहमा सिमित गर्नुपर्ने हो की ? उनीहरुका लागि नियमन, व्यवस्थापन र सुपरिवेक्षणको व्यवस्थालाई कसरी प्रभावकारी बनाउन सक्छौं ? र बित्तीय स्थायित्व प्रबद्र्धन गर्न सहकारी क्षेत्रका प्रभावकारी नियमन र सुपरवेक्षण कसरी गर्न सकिन्छ भन्ने विषय जहिले नेपालको बित्तीय प्रणालीको अत्यन्त महत्वपूणर्ण र संवेदनशील विषय हो । यसका लागि सम्बन्धित सबै पक्षले यथाशक्य चाँडो आफ्नो स्वार्थभन्दा माथि उठेर यस सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि हरदम सहयोग र साथ दिंदै जानुपर्छ । अन्यथा बचतकर्ताको रकम बिचलित भई देशनै बित्तीय प्रणालीमा संकुचन आई देश आर्थिक संकटको भूमरिमा नराम्रो सँग फस्न सक्ने सम्भावना रहन्छ ।
लेखक ः प्रा. शत्रुघन श्रेष्ठ
सुमेरु बचत तथा ऋण सहकारी बचत कर्ता पीडित हुन्।





