१८ पौष, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा न.पा वडा नं. ९ स्थित केन्द्रीय कार्यालय रहेको खुलाल कार्की एकता समाजको दशौं वार्षिकोत्सव सम्पन्न भएको छ । दस वर्षअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०६९ पौष १८ गते आजकै दिन यो सामाजिक संस्था दर्ता भएको हो । गैरराजनीतिक, गैर नाफामूलक एक परोपकारी संस्था हो । यो संस्था दसवर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा आज विविध कार्यक्रम गरी दशौं वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा देशभरका खुलाल कार्की बन्धुहरुको सहभागिता रहेको थियो ।

खुलाल कार्की एकता समाज संस्थाले आज विहान ८ वजे केन्द्रीय कार्यालय काँडाघारीमा पूजाआरधना गरी टीका प्रसाद वितरण गरेको थियो भने विहान ९ वजे भक्तपुरको बोडेस्थित श्री द्योमाँ जगत वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै फलफूल, न्यानो कपडा र नगद हस्तान्तरण गरेको थियो । त्यसपछि चाबहिल चुच्चेपाटीस्थित द बेकरी क्याफेमा दशौं वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो ।
खुलाल कार्की एकता समाज दशौं वार्षिकोत्सव समारोहको सभापतित्व समाजका अध्यक्ष श्री प्रेमबहादुर कार्कीले गर्नुभएको थियो भने काठमाडौं महानगरपालिका वडा नं.३० का अध्यक्ष श्री दलबहादुर कार्कीले समारोह कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएको थियो । त्यसैगरी समाजका जेष्ठ बन्धु श्री चन्द्र बहादुर कार्कीले विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएको थियो । खुलाल कार्की एकता समाजका संस्थापक एवं संरक्षक तेजबहादुर कार्की, समाजका पूर्व अध्यक्ष तथा कर्नेल श्री तिलकबहादुर कार्की, समाजका सल्लाहकार तथा खुलाल कार्की एकता समाज वंशावली समितिका संयोजक श्री शम्भुराम कार्की, सल्लाहकार तथा पूर्व प्रधानाध्यापक श्री नैनबहादुर कार्की, सल्लाहकार तथा पूर्व अधिकृत श्री हरिबहादुर कार्की, सल्लाहकार तथा पूर्व अधिकृत श्री श्यामकाजी कार्की, कानूनी परामर्श समितिका संयोजक तुलबहादुर कार्की र अक्षय कोष सिमितिका संयोजक रत्नबहादुर कार्कीले अतिथिहरुको आसनग्रहण गर्नुभएको थियो । समाजकी उपाध्यक्ष गोमादेवी कार्कीले सभापति, प्रमुख अतिथि र अतिथीहरुलाई ब्याच, खादा र माला वितरण गर्नुभएको थियो ।

प्रमुख अतिथि दलबहादुर कार्कीले पानसमा बत्ती बालेर र केक काटेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । त्यसपछि कार्यक्रममा राष्ट्रियगानद्वारा राष्ट्र तथा खुलाल कार्की एकता समाजप्रति सम्मान व्यक्त गर्दै खुलाल कार्कीहरुका पित्रीहरुप्रति चीरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा उपस्थित सबै सहभागी बन्धुहरुलाई समाजका सचिव हेमबहादुर कार्कीले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
समारोहमा पूर्व कोषाध्यक्ष श्री भूपबहादुर कार्की र पूर्व सचिव श्री रुद्रबहादुर कार्कीले समाजको स्थापना र शुरुवातका बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी सल्लाहकारहरु क्रमश: श्री श्यामकाजी कार्की, श्री नैनबहादुर कार्की र श्री तिलकबहादुर कार्कीले शुभकामना मन्तव्य राख्दै समाज स्थापना गर्ने बन्धुहरुलाई धन्यवाद दिँदै समाज सेवामा समाज सँधै अग्रसर रहिरहोस् भनी दशौं वार्षिकोत्सवका अवसरमा देशभरका खुलाल कार्की बन्धुहरुलाई शुभकामना दिनुभएको थियो । शुभकामना मन्तव्यकै क्रममा वंशावली समितिका संयोजक एवं समाजका सल्लाहकार श्री शभ्मुराम कार्कीले वंशावली खोज, अनुसन्धान र तथ्याङ्क संकलनको प्रगति बारे प्रकाश पार्नुभएको थियो ।

समारोहमा विभिन्न ९ वटा समूहमा समाजलाई योगदान गर्ने बन्धुहरुलाई सम्मान गरिएको थियो । खुलाल कार्की एकता समाजलाई योगदान गर्नेमध्ये पहिलो समूहमा स्व श्री प्रेमबहादुर कार्की, स्व. श्री नीरकाजी कार्की र स्व. श्री लोकबहादुर कार्कीलाई मरणोप्रान्त सम्मान गरिएको थियो । यस समूहका स्व. श्री प्रेमबहादुर कार्कीले झापाको माइधारमा धनञ्जय ऋषिको मन्दिर स्थापना गर्न समाजका नाममा २ कठ्ठा जग्गा नि:शुल्क दान गर्नुभएको थियो । हाल सो क्षेत्रमा समाजले थप १ कठ्ठा किनी जम्मा ३ कठ्ठा जमिनमा धनञ्जय ऋषिको मन्दिर स्थापना गरेको छ । यसैगरी स्व. निरकाजी कार्की समाजका पूर्व सल्लाहकार एवं आजीवन सदस्य र स्व. श्री लोकबहादुर कार्की समाजका पूर्व उपाध्यक्ष एवं आजीवन सदस्य हुनुहुन्थ्यो ।
दोस्रो समूहमा समाजका जेष्ठ बन्धुहरुलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । पुरुषतर्फ जेष्ठ बन्धु श्री चन्द्र बहादुर कार्की र महिलातर्फ धनकुमारी कार्कीलाई जेष्ठ बन्धु सम्मान गरिएको थियो । यसैगरी तेस्रो समूहमा समाज स्थापना गर्न विशिष्ट योगदान गर्ने बन्धुहरुलाई सम्मान गरिएको थियो । खुलाल कार्की एकता समाजको परिकल्पनाकार श्री तेजबहादुर कार्की, लोगो परिकल्पनाकार र विधान मस्यौदाकार रुद्रबहादुर कार्की, टेकबहादुर कार्की, प्रकाशबाबु कार्की, भूपबहादुर कार्की, भलबहादुर कार्की र नैनबहादुर कार्कीलाई दोसल्ला, प्रमाणपत्र र रुद्रारक्षको मालासहित सम्मान गरिएको थियो ।
यसैगरी चौथो समूहमा समाज स्थापनाका बखत तदर्थ समितिमा रहेर समाज स्थापनाका लागि भूमिका निर्वाह गर्ने देहायको पूर्व तदर्थ समितिलाई प्रमाणपत्र र रुद्राक्षको मालाले सम्मानित गरिएको थियो ।
१. अध्यक्ष -श्री तेजबहादुर कार्की
२. उपाध्यक्ष -श्री छत्रबहादुर कार्की
३. सचिव – श्री रुद्रबहादुर कार्की
४. सहसचिव – श्री प्रकाशबाबु कार्की
५. कोषाध्यक्ष – श्री भूपबहादुर कार्की
६. सदस्य – श्री लालबहादुर कार्की
७. सदस्य – श्री खेलकुमार कार्की
८. सदस्य – श्री सनारसिंह कार्की
९. सदस्य – श्री चम्पा कार्की
१०. सदस्य – श्री रत्नबहादुर कार्की
११. सदस्य – श्री सुरज कार्की
१२. सदस्य – श्री शोभादेवी कार्की
१३. सदस्य – श्री गोमादेवी कार्की
१४. सदस्य – श्री कुमार कार्की १५. सदस्य – श्री भल बहादुर कार्की
त्यस्तै समूह पाँचमा समाजलाई निरन्तर योगदान गर्ने तथा समाजको श्रीवृद्धि र विकासका लागि सहयोग पुर्याउने पूर्व केन्द्रीय अध्यक्षहरु, पूर्व केन्द्रीय सचिव र सहसचिवहरु , पूर्व केन्द्रीय कोषाध्यक्षहरु विभिन्न जिल्लाका पूर्व तथा बहालवाला अध्यक्षहरु र सचिवहरु, विदेश विभाग प्रमुख, वंशावली समिति संयोजक, अक्षय कोष संयोजक र केही सल्लाहकारहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस समूहमा देहायका बन्धुहरुलाई सम्मान गरिएको थियो ।
पूर्व केन्द्रीय अध्यक्षहरु तिलकबहादुर कार्की, छत्रबहादुर कार्की, सनारसिंह कार्की, जनकबहादुर कार्की, पूर्व केन्द्रीय सचिवहरु क्रमश: रुद्रबहादुर कार्की, गजेन्द्र कार्की, हेमबहादुर कार्की, पूर्व सहसचिवहरु क्रमश: प्रकाशबाबु कार्की, गोविन्द कार्की, यज्ञराज कार्की र पूर्व केन्द्रीय कोषाध्यक्षहरु भूपबहादुर कार्की, कुमार कार्की, विनय कार्की प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यसै समूहमा पूर्व क्षेत्रीय समिति अध्यक्ष जनकबहादुर कार्की, सचिव तथा पूर्व वंशावली समिति संयोजक लोकबहादुर कार्की, सचिव पर्शुराम कार्की, इलाम जिल्ला शाखा अध्यक्ष श्री टीकाराम खुलाल, सचिव श्री नरेन्द्र खुलाल, झापा जिल्ला शाखा अध्यक्ष श्री कृष्णबहादुर कार्की, सचिव श्री वीरबहादुर कार्की, मोरङ जिल्ला शाखा अध्यक्ष श्री धर्मबहादुर कार्की, सचिव श्री रेवत कार्की, सुनसरी जिल्ला शाखा अध्यक्ष श्री गोपाल कार्की, सचिव श्री अमरबहादुर कार्की, उदयपुर जिल्ला शाखा अध्यक्षव श्री मानबहादुर कार्की, सचिव श्री टेकबहादुर कार्की, तेह्रथुम जिल्ला शाखा अध्यक्ष श्री भीमबहादुर खुलाल, सचिव श्री रुद्रबहादुर खुलाल, सोलुखुम्बु जिल्ला शाखा अध्यक्ष श्री रामबहादुर कार्की, सचिव श्री खिलसिंह कार्कीलाई सम्मान गरिएको थियो । यसैगरी यसै समूहमा वंशावली संयोजक श्री शभ्मुराम कार्की, अक्षय कोष संयोजक श्री रत्नबहादुर कार्की र सल्लाहकारहरु हरिबहादुर कार्की, श्यामकाजी कार्की, दीपक कार्की सिन्धुपाल्चोक, खड्ग कार्की सुनसरी र रामकृष्ण कार्की चितवनलाई सम्मान गरिएको थियो ।

यसैगरी समूह ६ मा समाजलाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने श्री अर्जुन कार्की, सन्तोष कार्की, सनारसिंह कार्की, शोभा देवी कार्की, गणेश कार्की, विष्णुबहादुर कार्की, गजेन्द्र कार्की, श्रीकृष्ण कार्की, रामबहादुर कार्की, दीपक कार्की सोलु, रेवन्त कार्की झापा, होमबहादुर कार्की चितवन, रेवत कार्की धरानलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
समूह ७ मा नवप्रतिभा बन्धु सम्मान गरिएको थियो । यस समूहमा समाजलाई सहयोग गर्ने र भविष्यमा समेत ठूलो योगदान पुर्याउन सक्ने युवाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । युवाहरुमा ई. बाबुराम कार्की, धनबहादुर कार्की, अर्जुन कार्की, अनिश कार्की इलाम र रविन्द्र कार्की सम्मानित भए ।
समूह ८ मा सुकीर्तिमय सम्मानबाट धरान निवासी सुनसरी जिल्ला क्षेत्र नम्बर १ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार तथा बसोवास बस्ती समाजका अध्यक्ष कुमार कार्कीलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
समूह ९ मा निजामती, आर्मी, प्रहरी, संस्थान लगायतका सरकारी सेवामा कार्यरत रही पदोन्नति भएका बन्धुहरुलाई सम्मान गरिएको थियो । नेपाल सरकार उपसचिव प्रशासन श्री रुद्रबहादुर कार्की, सेनानी श्री प्रकाशबाबु कार्की, बरिष्ठ प्रहरी सहायक निरिक्षक श्री टेकबहादुर कार्की, नेपाल टेलिकम अधिकृतस्तर तह ८ प्राविधिक इ.श्री भूपध्वज कार्की, अधिकृतस्तर तह ७ प्रशासन श्री अञ्जली कार्की, मेडिकल डाक्टर प्राविधिक सहसेनानी श्री अविनास कार्की, नेपाल विद्युत प्राधिकरण प्राविधिक सहायक श्री शिवबहादुर कार्की पदोन्नति भई प्रमाणपत्रसहित सम्मानित हुनुभएको थियो ।
सम्मान कार्यक्रमपछि प्रमुख अतिथि दलबहादुर कार्कीले समाजको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका सभापति तथा खुलाल कार्की एकता समाजका अध्यक्ष प्रेमबहादुर कार्कीले विगत र आगतबारे प्रकाश पार्नुका साथै वंशावलीको काम छिटो सक्न वंशावली समितिलाई ध्यानाकर्षण गराउनुभयो ।

युवा बन्धु तथा ई. बाबुराम कार्कीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा खुलाल कार्की एकता समाजका उपाध्यक्ष श्री विष्णुबहादुर कार्की, शिवबहादुर कार्की, गोमादेवी कार्की, कोषाध्यक्ष विनय कार्की, सहसचिव यज्ञराज कार्की लगायतका पदाधिकारी र सदस्यहरुसहित विभिन्न जिल्लाबाट काठमाडौंमा आइ बसोबास गर्नुहुने खुलाल कार्की बन्धुहरु र विभिन्न जिल्लाका बन्धुहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमाणपत्र लिन र सम्मान लिन अनुपस्थित बन्धुहरुलाई केन्द्रको बाँकी कार्यक्रममा हस्तान्तरण गर्ने खुलाल कार्की एकता समाजले सूचना गरेको छ ।
