मिति २०८०।०९।०९ गते अं.१३:४५ बजेको समयमा काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं.०६ चोभार जलबिनायक मन्दिर स्थितमा जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.९ स्थायी वतन भएका बर्ष ३६ को विजय कुँवरलाई पक्राउ पश्चात नामथर वतन खुल्न आएका बर्ष ४३ को कुमार तामाङ भन्ने हस्त बहादुर तामाङले मैले अमेरिकन ८,०००।– (आठ हजार) डलर भेटाएको छु नेपाली रुपैयासँग साट्ने भए मलाई नगद रु. ५,००,०००।– (पाँच लाख रुपैया) रुपैया दिनुहोस भनि रु. ५ लाख रुपैया लिई गई निज बिजय कुँवरलाई सुरुमा ५० दरको अमेरिकन US डलर दिई अन्य डलर रुमाल भित्र छ भनि नेपाली २० दरको २४० वटा नोटहरु रातो रुमालमा पोका बनाई दिई ठगी गरी फरार भएको भनिप्रहरी वृत्त, कीर्तिपुरमा निवेदन परेकोमा प्रहरी वृत्त, कीर्तिपुरबाट खटिएको प्रहरी टोली निज ठगी गर्ने मानिसलाई खोजतलास गर्दै जाने क्रममा निम्न नामथर वतन खुल्न आएका बर्ष ४३ को हस्त बहादुर तामाङलाई मिति २०८०।०९।२५ अं.१६:०० बजेको समयमा काठमाडौँ जिल्ला दक्षिणकाली न.पा. वडा नं. ५ नारायणथान स्थितमा फेला पारी नियन्त्रणमा लिई आज मिति २०८०।०९।२६गते मुलुकीअपराधसंहिता, २०७४कोपरिच्छेद- २१को ‘ठगी सम्बन्धी कसुर’मा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहलबाट दिन ५(पाँच) म्याद थप भईप्रहरी वृत्त, कीर्तिपुरबाट थप अनुसन्धानकार्य भईरहेको।
नियन्त्रणमा लिईएका मानिसहरु:-
- जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ४ निगाले घर भई हाल काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ स्थित बस्ने धन बहादुर तामाङको नाती, कर्ण बहादुर तामाङ र रत्न कुमारी तामाङको छोरा वर्ष ४३ को हस्त बहादुर तामाङ ।

नियन्त्रणमा लिईएको बस्तु:-
- ५० दरको अमेरिकन US डलर थान-१
- २० दरको नेपाली २४० वटा नोटहरु

