नवलपरासी, पुस २० गते । पछिल्लो तिन दिन देखी बढेको शितलहरका कारण पश्चिम नवलपरासीको जनजीवन कष्टकर बनेको छ । नवलपरासीको मैदानी भागमा पछिल्लो तीन दिनदेखि बढेको शितलहरका कारण घाम देखीएको छैन । लगातार परेको शितलहरीका कारण वातावरणको तापक्रम ह्वात्तै घटेपछि बस्ती र बजार क्षेत्रमा समेत मानिसहरुको चहलपहल घटेको छ ।
लगातार परेको शितलहरका कारण खेतवारीमा लगाईएका आलु, टमाटर लगाएतका तरकारी बालीमा ब्यापक क्षति पुगन थालेको छ भने बृद्धबृद्धा, विरामी, बालबालिकाहरुका लागि जिवन अत्यन्तै कस्टकर बनेको जिल्ला सदरमुकाम परासीका स्थानियवासी बुद्धन अलीले बताउनुभयो ।
शितलहर बढेपछि जिल्लाका कतिपय विद्यालयहरुले विद्यालय बन्द गरेका छन भने कतिपय विद्यालयहरुले परिक्षा संचालन भएकाले बन्दा गर्न नसके पछि आम जिवन प्रभावित भएको छ ।शितलहरबाट बच्नका लागि रामग्राम नगरपालिका, पाल्ही नन्दन गाउँपालिका लगाएतका स्थानिय सरकारले मानिसहरुको सहयोगका लागि बजार बस्तीका चोक चोकमा आगो बाल्नका लािग दाउरा समेत उपलब्ध गराएका छन् । कतिपय स्थानमा विपन्न परिवारलाई न्यानो कपडा वितरण पनि गरिएको छ ।
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम लोकमार्गमा गुडने सवारी साधनहरु पनि अत्यन्तै जोखिमपूर्ण यात्रा गर्नेको संख्या घटेको छ । बिहानदेखि नै बाक्लो हुस्सुका कारण जिल्लाको सदरमुकाम परासी बजार, सुनवल, गोपीगंज, बर्दघाट, सेमरी, सुस्ता, बेलाटारी लगाएतका बजाराहरुमा दिउसोमा पनि बजारको चहलपहमा कमी आएको छ ।
