Browsing: समाचार

काठमाडौं – एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको शुक्रवार बसेको सञ्चालक समिति बैठकले गत…

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबार प्रादेशिक…

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मृत्युदण्डको व्यवस्था आवश्यक रहेको बताएका छन् । संसद सेवा दिवसका अवसरमा सिंहदरबारमा…

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १० दिने महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । महाधिवेशनले मोहन वैद्य किरणको नीति र…

कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका…

– माधव घिमिरे ‘अटल’ २०८१ मङ्सिर २२ शनिवार कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४३ औँ स्वतन्त्र काव्यगोष्ठी, छैटौँ स्थापना…

नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश विष्टले आफ्नो नेतृत्वको प्यालन सार्वजनिक गर्नुभएको छ । शनिवार पत्रकार सम्मेलन…

काठमाडौं – बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत “लामा खेन्नो” हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले…

काठमाडौं, मंसिर २२ गते । यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको मधेशी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री नवलकिशोर शाहले यूएईका मधेशी बु्धिजीवी र श्रमिकहरुसंग अन्तरक्रिया गरेका थिए। यूएईका बिभिन्न क्षेत्रमा काम गरेर सफल बनेका मधेशी व्यवसायी, श्रमिक र बुद्धिजीवी हरूको सहभागिता रहेको कार्यक्रमको संचालन मधेशी एकता समाज का अन्तर्राष्ट्रिय संयोजक डाक्टर रबिन्द्र कुमार यादबले गरेका थिए। कार्यक्रमको मुख्य उद्देश्य मधेसका श्रमिकहरूको समस्या र उनिहरुका समस्यालाई समाधान गर्नेथियो। नेपाली श्रमिक हरुको लागी कस्ता योजनाहरू ल्याउन सकीन्छ त? भन्ने बिषयमा छलफल भएको र ती योजना नेपाल सरकारसम्म मन्त्री मार्फत पुर्याउनु रहेको आयोजकको भनाई थीयो। कार्यक्रममा केही पीडित पक्षसंग पनि अन्तरक्रिया भएको थियो। पीडित हरुका अनुसार नेपालमा दलालहरूले ठूलो प्रलोभनमा पारी मोटो रकम अशुलेर विदेश पठाएको र यहां आऊँदा भनेजस्तो काम नमीलेको, कम्पनीको अत्याचार सहन नसकी कम्पनी छोड्न बाध्य भएको र आफुलाई नेपाल पठाईदीन मन्त्रि सामु पीडितहरुको आग्रह थीयो । कार्यक्रममा बिभिन्न क्षेत्रका बुद्धिजीवी हरूले नेपाल सरकारले गाऊँ- गाऊँमा गएर जनचेतनामुलक कार्यक्रम गरी जनचेतना जगाऊन र कानुन विपरित सीधा साधा जनतालाई झुक्काई मोटो रकम असुली गर्ने दलाल र मेनपावर कम्पनीलाई कार्वाही गर्न नेपाल सरकारको ध्यान जावस् भनी मन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका थीए । मन्त्री शाहले पीडित हरूको समस्याले आफूलाई पनी पिंडा भएको र सबैकुरा मन्त्री परिषदमा उठाउने बताए l रातपछी दिन आएझैं दु:ख पछी सुख आउने र असफलता पछी सफल पनी भईन्छ भन्दै मन्त्री शाहले पीडित हरुलाई सान्त्वना दीएका थीए । कार्यक्रम मा मधेशी एकता समाज, यु ए ई का अध्यक्ष धर्मेन्द्र गोहिवार यादव , महासचिव रोशन देव, न्यू योर्क युनिभर्सिटी आबु धाबी बाट कम्प्युटर ईन्जिनियरिङ् गरेका उत्तम मिश्रा, मधेशी उद्योगी व्यवसायी विनेश यादव, चार्टर्ड एकाउन्टेन्ट्स काे पेशा बाट रेस्टुरेन्ट चेन मोमचा शुरू गर्ने जीबछ साह, बैंकिङ क्षेत्र की मधेशी महिला शवनम नाज़, दुई हप्ता देखि दूतावास काे बाहिर भुइँ मै रात गुजारी राखेका श्रमिक हरु मनोज साह, सरोज शर्मा, कासिन्दर राम साथै राजदुतावास का श्रम काउन्सेलर, एनआरएन का महासचिव भुवन वाग्ले ले आफ्ना कुरा राखेका थिए। मन्त्रालयकी ‘महिला सशक्तीकरण महाशाखाकी’ सहसचिव आभा श्रेष्ठ कर्ण लगायत नेपाली दुतावासका पदाधिकारी समेतको उपस्थिति थियो। बेलुका ६ देखी ८ बजे, दुई घन्टाको कार्यक्रममा ५२ जना उपस्थित थिए।