काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सम्पन्न खेलमा अमेरिकाले बोस्निया तथा हर्जगोभिनालाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा घरेलु टोली अमेरिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा अर्को गोल थप्दै सहज जित दर्ता गरेको हो।
सहआयोजक राष्ट्र अमेरिकाले खेलको ४५औँ मिनेटमा फोलारिन बालोगुनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि ८२औँ मिनेटमा मलिक टिलम्यानले अर्को गोल थप्दै अमेरिकाको जित सुनिश्चित गरेका हुन् ।
पहिलो गोलकर्ता बालोगुनले ६४औँ मिनेटमा रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो। त्यसपछि पनि अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै बोस्नियालाई निराश बनायो र अन्तिम १६ मा स्थान बनाउने ऐतिहासिक उपलब्धि हासिल गर्यो।
यसअघि अमेरिका समूह चरणमा अस्ट्रेलियालाई २–० तथा दस खेलाडीमा सीमित अमेरिकाको ऐतिहासिक जित, बोस्नियालाई हराउँदै अन्तिम सोह्रमा पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै ९६ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भएको थियो।

