काठमाडौ । अधिवक्ता बिष्णु गिरीले रसुवा लगायतको बाढी प्रभावित क्षेत्रको उद्धार र राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकार आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत अधिवत्ता गिरीलेसरकारले विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि योजनाबद्ध कदम चाल्नुपर्ने बताएका छन् ।
पछिल्लो समय उद्धारमा ढिलाइ र आवश्यक उपकरणको कमीप्रति चिन्ता व्यक्त गर्दै गिरीले अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि प्रयोग गर्नुपर्ने सरकारले ढिलाई गर्न नहुने बताए । अझै पनि कतिपय स्थानमा बाढीपिडितलाई राहत नपुगेको गुनासो आईरहेकोले त्यसलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।
सरकारले टनेलभित्र, खोलाको छेउ तथा विकट स्थानमा फसेका नागरिकको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने र उच्च प्रविधिसहितका आवश्यक उपकरण परिचालन गर्नुपर्नेमा अधिवत्ता गिरीले जोड दिए उनले भने प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री पु¥याउन स्थानीय तहलाई थप स्रोत, जनशक्ति र अधिकारसहित परिचालन गरिए बढी प्रभावकारी हुने उनको भनाई छ छ । अधिवत्ता गिरीले रसुवामा बाढीपछि स्याफ्रुबेंसी, टिमुरे र भोटेकोशी आसपासका बासिन्दा तथा पर्यटकहरू सम्पर्कविहीन रहेको भन्दै बिजुली र टेलिफोन सेवा बन्द हुँदा बाँचेका मानिसलाई आफन्तको अवस्था थाहा पाउन र खबर गर्न कठिन भएको उनको भनाई छ ।
अधिवक्ता गिरीले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो जाने जोखिमसमेत बढेको छ । सडकमा जुनसुकै बेला पहिरो खस्न वा बाढी आउन सक्ने बताउँदै अत्यावश्यकबाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्पुर्ण नेपालीलाई आवहान गरेका छन् ।

