काठमाडौं । नेकपा (एमाले) का हालै मनोनीत ३३ जना केन्द्रीय कमिटी सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूलाई शपथ गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ।
यसअघि बिहीबार नै शपथ ग्रहण गराउने तयारी गरिएको थियो। तर झापा आन्दोलनका अगुवा तथा योद्धा घनेन्द्र बस्नेतको निधन भएपछि कार्यक्रम एक दिनका लागि स्थगित गरिएको थियो।
एमालेको असोज पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकले विधानअनुसार ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। मनोनीतमध्ये १३ जना अन्य दलबाट एमालेमा समायोजन भएका नेता रहेका छन्।
आज शपथ लिने ३३ केन्द्रीय सदस्य :
एमालेभित्रबाट मनोनीत १. काशीनाथ अधिकारी
२. देवराज घिमिरे
३. हरि रिजाल
४. पासाङ शेर्पा
५. नरेन्द्र भट्टराई
६. नन्दराम देवकोटा
७. धर्म गिरी
८. नारायण घर्ती
९. विद्यासुन्दर शाक्य
१०. पाल्तेन छेपाङ गुरुङ
११. शान्तिलाल महत
१२. विमला घिमिरे
१३. श्रीमाया थकाली
१४. जानुका सिम्खडा
१५. बिना बास्तोला
१६. विनोद पाण्डे
१७. प्रेम दङ्गाल
१८. पुष्पराज श्रेष्ठ
१९. शिवमाया तुम्बाहाम्फे
२०. सुरेन्द्र उदास
अन्य दलबाट समायोजन भएका २१. मोहम्मद इस्तियाक राई
२२. कौशिला खत्री
२३. प्रदीप यादव
२४. अब्दुल हुसेन अंसारी
२५. डिबी कार्की
२६. भवानी खापुङ
२७. दीपक साउद
२८. जय गोले तामाङ
२९. धर्मराज निरौला
३०. रवि चाम्लिङ
३१. विनोद पहाडी
३२. श्रीप्रसाद शर्मा
३३. रामप्रीत राम
३४. ध्रुव विष्ट

