काठमाडौं — हालैका प्राकृतिक विपद्बाट अभिभावक गुमाएका १०० भन्दा बढी बालबालिकाको उच्च शिक्षाका लागि दीर्घकालीन सहयोग उपलब्ध गराउने पहल अघि बढाइएको छ।
भारतको Dr Manilal Bhoumik International Foundation र नेपालको Batas Foundation बीच भएको सहकार्यअन्तर्गत प्रभावित बालबालिकालाई शिक्षामा निरन्तरता दिन सहयोग गरिने भएको हो। विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित गर्न शिक्षा क्षेत्रमा लामो समयसम्म सहयोग गर्ने लक्ष्य राखिएको छ।

