काठमाडौँ, कात्तिक ६।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी भ्रमणका लागि आज भारत जाँदै हुनुहुन्छ। उहाँ परिवारसहित तीर्थाटनका लागि भारत जान लागेको उहाँको सचिवालयले जनाएको छ।
सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार लामिछाने भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालमा रहेको प्रसिद्ध कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिरमा पूजाअर्चना गर्न जान लाग्नुभएको हो।
उक्त भ्रमण पूर्ण रूपमा निजी रहेको सचिवालयले स्पष्ट पारेको छ। भ्रमणका क्रममा उहाँ परिवारसहित धार्मिक स्थलहरूको दर्शन तथा पूजाअर्चना गर्नुहुने जनाइएको छ।
रास्वपा सभापति लामिछानेको भारत भ्रमणलाई सचिवालयले धार्मिक तथा पारिवारिक भ्रमणका रूपमा उल्लेख गरेको छ। तीन दिनको भ्रमण पूरा गरी उहाँ नेपाल फर्कनुहुनेछ।
Previous Articleबहुसांस्कृतिक चेतनामा राष्ट्रिय एकताको सौन्दर्य
Next Article आन्तरिक जागरण र बाह्य समृद्धिको सामञ्जस्य

