काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र रिक्त रहेका पदाधिकारी तथा विभिन्न विभागको नेतृत्व टुंग्याएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँट गर्दै विभिन्न व्यक्तिलाई नयाँ जिम्मेवारी दिएको हो।
बैठकले पुरुषोत्तम यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष र पूर्वमन्त्री जगदीश खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ। त्यस्तै, नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ता बनाइएको छ।
रास्वपाले विभागीय जिम्मेवारीसमेत हेरफेर गरेको छ। प्रमोद न्यौपानेलाई संगठन विभाग, विजय जैरूलाई सार्वजनिक सेवा तथा जनगुनासो, डा. तोसिमा कार्कीलाई जनस्वास्थ्य, निशा डाँगीलाई पूर्वाधार, शिशिर खनाललाई अन्तर्राष्ट्रिय तथा कूटनीति र लिमा अधिकारीलाई अर्थ विभागको नेतृत्व दिइएको छ।
बैठकले भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई र डा. मनोहर प्रधानलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
यद्यपि एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पद भने अझै रिक्त रहेको रास्वपाले जनाएको छ।

