काठमाडौं । नेकपा (एमाले) की पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।
शपथ ग्रहणसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किनुभएको जनाइएको छ। राष्ट्रपति पदमा रहँदा उहाँ दलीय राजनीतिबाट अलग रहनुभएको थियो। राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि उहाँको राजनीतिक भूमिकालाई लिएर विभिन्न चर्चा हुँदै आएको थियो।
एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा भण्डारीको आगमनलाई पार्टीभित्रको संगठनात्मक संरचना र शक्ति सन्तुलनका दृष्टिले महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। उहाँको नियुक्तिसँगै पार्टीको आगामी राजनीतिक दिशा, नेतृत्वबीचको सम्बन्ध तथा संगठनात्मक गतिविधिमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चासो बढेको छ।

