गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको विहीबार बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी छ अर्ब दुई करोड १३ लाख ४८ हजार तीन सय ६७ रुपैयाँ र पैसा २२ मात्रको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।
हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा चुक्ता पू¤जी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पू¤जी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुनेछ ।
काठमाण्डौंको बालुवाटारमामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा ATM सहित ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

